चितवनको रत्ननगरबाट पाँचजना जुवाडे पक्राउ
प्रकाशित मिति: आइतबार, चैत्र ०९, २०७६ | १८:३४:०२
चितवन , ९ चैत
चितवनको रत्ननगरबाट प्रहरीले पाँचजना जुवाडेलाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका वडा नम्बर १३ स्थित श्रीभक्त घिमिरेको गोठमा शनिबार जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी निरिक्षक शेखर कुमार शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले रत्ननगर नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ४२ को रुपेश भट्ट , रत्ननगर १३ बस्ने बर्ष ३७ को तेज बहादुर खत्री , बर्ष ४१ को इन्द्र बहादुर भण्डारी , बर्ष ४१ को मोहन सुवेदी र बर्ष २८ को राजिव पाठकलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ३ बुक तास र नगद एक लाख ४ हजार ६ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । पक्राउ परेकामध्य इन्द्र बहादुर भण्डारी नकपाका स्थानिय नेता समेत हुन् ।
प्रकाशित मिति : आइतबार, चैत्र ०९, २०७६ |
१८:३४:०२
1519