अवकाश प्राप्त राप्तीका प्रमुख प्रशासकीय अधिकृत हुमागांईको विदाई
चैत ९ गते । चितवनको राप्ती नगरपालिकामै कार्यरत रहँदा उमेर हदका कारण अवकास प्राप्त प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईको विदाई गरिएको छ । उमेर हदका कारण उपसचिव हुमागांईले आईतवारनै अवकास पाएका हुन् । उनको आईतवारनै राप्ती नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । राप्ती नगरपालिका प्रमुख प्रभा वराल,उपप्रमुख इमानसिंह लामा,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत हुमागांईले मायाको चिनो प्रदान गरि माला र खादा लगाएर विदाई गरे । खानेपानी तथा ढल निकास विभागमा खरिदारमा स्थायी नियुक्तीसंगै उनको निजामती कर्मचारीको रुपमा सेवा प्रारम्भ भएको थियो । त्यस अघि उनले करिव ८ वर्ष शिक्षण पेशा समेत गरेका थिए । कृषि विभाग,शिक्षा विभाग,खादवारी नगरपालिका,धनुषा,पुतलीवजार,विदुर नगरपालिका,सुचना विभाग,चन्द्रपुर नगरपालिका हुदै राप्ती नगरपालिकामा उनले सेवा गर्ने अवसर पाए । वि.सं. २०७४ असोज २७ गते राप्ती नगरपालिकामा काम सुरु गरेका थिए । लामो समय राप्ती नगरपालिकामा विताएका प्रमुख प्रशासकीय अधिकृत हुमागांई प्रशासनिक काममा तिख्खर प्रशासकका रुपमा चिनिए ।
सोही अवसरमा इन्जिनियर भीम ढुंगानाको पनि विदाई गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत हुमागांइको कार्यशैलीको प्रसंसा गर्दै राप्ती नगरपालिका प्रमुख प्रभा वरालले जागिरे जिवनपछिको आगामी दिन सामाजिक क्षेत्रमा क्रियाशिल रहनु पर्ने भन्दै शुभकामना दिईन् । राप्तीबाट अवकास पाएका हुमागांईले यस क्षेत्रका प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डे,वागमती प्रदेशका कृषिमन्त्री दावा लामा,नगर प्रमुख,उपप्रमुख,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरु,राजनितिक दल,उद्योग बाणिज्य संघ,विभिन्न संघसंस्था तथा सहकारीहरु,विद्यालय ,वुद्धिजिवी,पत्रकार सवैमा सहयोगको लागि धन्यवाद दिएका छन् ।