आवुखैरहनी नजिक यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्यो

आवुखैरहनी नजिक यात्रुबाहक बस  मर्स्याङ्दी नदीमा खस्यो

तनहुँ, ९ चैत
तनहुँको आवुखैहनी नजिक बस दुर्घटना भएको छ । आवुखैरहनी नजिक पोखराबाट दाङ जाँदै गरेको बस आज बेलुका मर्स्याङ्दी नदीमा खसेको हो ।

ना ५ ख ४२९४ नम्बरको बस साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनास्थलमा उद्धार भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।