कैलालीका एक युवकमा कोरोना एन्टीबडी पोजेटिभ

कैलालीका एक युवकमा कोरोना एन्टीबडी पोजेटिभ

कैलाली,१० वैशाख ।

कैलालीमा आरडीटी परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका–३ का १९ वर्षीय एक युवामा मंगलबार कोरोनाको आशंकामा आरडीटी जाँच गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

उनको आरडीटी टेष्ट २ पटक गर्दा पनि पोजेटिभ नै आएको बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य सेवा संयोजक कृष्णदेव जोशीले रातोपाटीलाई जानकारी दिए ।

उनको स्वाव संकलन गरी पीसीआर जाँचका लागि मंगलबार बेलुका नै धनगढी पठाइएको उनले बताए । उनी चैत १० गते भारतबाट फर्किएको बताइएको छ ।

बर्दगोरी गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुका अनुसार नेपाल फर्किएदेखि नै उनी होम क्वारेन्टाईनमा रहेका थिए ।