
काठमाडौं,१० वैशाख
बलिउडका सफल निर्देशक रोहित सेट्टी आफ्नो कामका कारण पनि चर्चामा छन् । उनले निर्देशन गरेका चलचित्रहरु हिट छन् । मसला चलचित्र बनाउनमा रोहित माहिर मानिन्छन् ।
रोहित सामाजिक काममा पनि उत्तीकै सक्रिय छन् । हालै मात्र रोहितले गरेको एक कामको सर्वत्र चर्चा भइरहेको छ ।
रोहितले मुम्बई प्रहरीका लागि शहरका विभिन्न ८ होटलहरु उपलब्ध गराएका छन् । यी होटलमा ड्यूटीमा रहेका प्रहरीहरुले आराम गर्न सक्नेछन् । साथमा, उनीहरुका लागि यी होटलमा खाना र खाजाको समेत व्यवस्था गरिएको छ ।
मुम्बई प्रहरीले यो कुराको जानकारी दिँदै रोहितलाई धन्यवाद दिएको छ ।
लकडाउनका कारण मानिसहरु घर भित्र रहेपनि सुरक्षाकर्मीहरु भने सडकमै छन् । यसैले पनि उनीहरुको दैनिक जीवनमा केही न केही प्रभाव त परेकै छ । रोहितको यो कामले उनीहरुलाई ठूलो सहयोग मिल्ने पक्का छ ।
रोहितले मे ३ सम्मका लागि ८ होटलहरुमा यो सुविधाको व्यवस्था गरेका हुन् । उनले, बलिउडमा काम गर्ने मजदुरहरुका लागि ५१ लाख रुपैयाँ सहयोग पनि गरिसकेका छन् ।