डेजीको उदार मन,आफ्ना कर्मचारीलाई राहत दिईदै

डेजीको उदार मन,आफ्ना कर्मचारीलाई राहत दिईदै

 

वैशाख १० गते । पूर्वी चितवनको खैरहनी स्थित डेजी इग्लिस वोडिङ स्कुलले आफ्ना कर्मचारीहरुलाई खाद्यान्न अभाव हुन नदिने जनाएको छ । यदि खानेकुराको अभाव भएमा स्कुलमा आएर सम्र्पक गरि स्कुलले वनाएको मापदण्ड अनुसार खाद्यान्न लैजान सक्ने सुचना जारी गरेर जनाएको हो । सरकारको राहत वितरण कार्यलाई सहयोग गर्न स्कुलमा कार्यरत कर्मचारीहरुलाई कोरोना भाईरस पछि उत्पन्न विषय परिस्थितीमा घरमा खानेकुरा नभएमा तत्काल सम्र्पक गरि लैजान सक्ने वातावरण मिलाईएको स्कुलका प्रधानाध्यापक प्रेमराज रिमालले वताए । स्कुलले प्रति परिवार चामल ३० किलो,दाल ५ किलो,तेल २ लिटर,नून २ किलो र सावुन आधा दर्जन लैजान सक्ने जनाएको छ । डेजी स्कुलमा २५ जना कर्मचारीहरु ( सवारी चालक,सहचालक,कार्यालय सहयोगी,भान्से,भान्सा सहयोगी,आया,सुरक्षा गार्ड र सफाईका कर्मचारी कार्यरत छन् ।

विद्यालयबाट राहत सामाग्री लिएपछि सरकारी वा गैरसरकारी संघसस्थाले प्रदान गर्ने राहत नलिई आफु भन्दा समस्यामा परेकाहरुलाई सहयोग हुने हुँदा त्यस्तो काम नहुने अपेक्षा गरिएको प्रधानाध्यापक रिमालले वताए । साथै सरसफाईमा ध्यान दिई,सामाजिक दुरी कायम गर्ने,लकडाउनको पालना गर्न समेत अनुरोध गरिएको छ ।