चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवन,७ कात्तिक ।

चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको  गत असोज २६ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

उनको बिहिबार  राति  १० बजे  मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुषलाई ज्वरो , खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएकोमा असोज २६ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो। उनि होम आइसोलेशनमा बस्दै आएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उनलाई बिहिबार राति भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएको   र उनको उपचारका क्रममा बिहिबार राति नै  मृत्यु भएको अधिकारी लिलाधर पौडेलले बताए ।