राप्तीमा वडा अध्यक्ष सहित थप २१ जनामा कोरोना पुष्टि

राप्तीमा वडा अध्यक्ष सहित थप २१ जनामा कोरोना पुष्टि

चितवन ,७ कार्तिक। 
चितवनको राप्तीमा वडा अध्यक्षसहित थप २१ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । राप्ती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बुद्धिराज थपलिया सहित २१ जनामा कोभिड १९ पुष्टि भएको हो ।

भरतपुर स्थित कोभिड १९ प्रयोगशालामा विहिबार गरिएको परिक्षणमा राप्तीको विभिन्न वडाका ११ पुरुष र १० जना महिलामा कोभिड पुष्टि भएको छ । यसअघि राप्ती ९ का वडा अध्यक्ष देवेन्द्र लामामा कोरोना संक्रमण देखिएको थियो ।