चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन,७ कार्तिक   ।

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका ५ कि ८४ बर्सिय महिलाको शुक्रबार बिहान मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत ती महिलाको बिहान ४:१५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए । स्वासप्रस्वास र उच्च ज्वरोको समस्या देखिए पछि अस्पताल भर्ना गरिएकोमा ६ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । यो संगै राप्तिमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । गयराती मात्रै भरतपुरका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।