थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

काठमाडौँ,७ कार्तिक  ।

नेपालमा शुक्रबार थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  नयाँ थपिएका कोरोनाका संक्रमितसँगै  नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको बताएका छन् ।

शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

यस्तै शुक्रबार कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।

४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा बस्नेको संख्या ४६ हजार ६९१ जना छन् भने क्वारेन्टाइनमा ३ हजार ५९० जना रहेका छन्।

नेपालमा हलासम्म कोरोनाबाट ८२९ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।