
चितवन , ९ माघ ।
पूर्विचितवनको खैरहनीमा रहेको अक्सफोर्ड सहकारीले किर्ते किर्ते कागजात बनाए ठगि गरेको खबर प्रकाशन भएपछि घटना लुकाउन सहकारीले पिडितलाई दवावसँगै प्रलोभन समेत देखाएको छ । दवावसँगै सहकारीले पिडित विमला चौधरीलाई ८ लाख रुपैयाँको चेक समेत दिएको छ ।सहकारीको ऋण संयोजक राजकुमार सुयलको आफ्नो व्यत्तिगत खाताको एभरेष्ट बैकको चेक चौधरीलाई दिएका छन् ।
विमलाले ८ लाख रुपैयाँ ऋण लिएको र अहिलेसम्म जम्मा २१ हजार रुपैया ब्याज मात्रै बुझाएको बताउने सहकारीले समाचार प्रकाशन भएपछि एकाएक जग्गा फुकुवाँ गर्नुको साथै पिडितलाई ८ लाख रुपैयाको चेक दिएर संस्था र पिडितबिच कुनै लेनदेन नरहेको आन्तिरक सहमती गराएको छ । पिडितले लिएको ८ लाख रुपैयाँ ऋणलाई संस्थाले १४ लाखको भरपाई बनाएको तथ्य फेला परको थियो ।
त्यसअघि पिडित चौधरीले लिएको ९ लाख ३० हजार रुपैयाँलाई सहकारीले किर्ते गरि २० लाख लिएको बनाउदै २४ लाख ७५ हजार रुपैया असुलेको चौधरीको दावी छ ।