चितवनमा कोरोनाका सक्रिय संक्रमित हजार मुनि

चितवनमा कोरोनाका सक्रिय संक्रमित हजार मुनि

चितवन, ८ मङ्सिर ।

चितवनमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या हजार मुनि झरेको छ । जिल्लामा केहि दिनदेखि सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ । तीन दिन अघिसम्म एक हजार ५४ जना सक्रिय संक्रमित रहेको चितवनमा आज सोमबार ८९७ मा झरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
सक्रिय संक्रमित ८९७ मध्ये ८०० संक्रमित होम आइसोलेसनमा बसेका छन् भने ९७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् । हालसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ५२६ पुगेको छ भने ४ हजार ५४३ संक्रमित निको भएर घर गइसकेका छन् । हालसम्म चितवनका ८६ संक्रमितको कोरोनाका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिइन् ।