आज देशभर थपिए १९८० जना संक्रमित , ३०४३ जना निको,१६ संक्रमितको मृत्यु

आज देशभर थपिए १९८० जना संक्रमित , ३०४३ जना निको,१६ संक्रमितको मृत्यु

काठमाडौं,८ मङ्सिर ।

नेपालमा पछिल्लो २४ घण्टामा १९८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।  हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । पछिल्लो २४ घण्टमा विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।

यस्तै हालसम्म ६२९ जना क्वारेन्टिनमा रहेका छन् ।हालसम्म १६ लाख ७० हजार ४५६ जनाको पीसीआर परिक्षण भएको छ ।