संसद विघटनको कदम विरुद्ध जनता समाजवादीको प्रदर्शन

चितवन, ८ पुष ।
प्रतिनिधि सभा (संसद) विघटनको कदम विरुद्ध जनता समाजवादी पार्टी चितवनले आज विरोध प्रदर्शन गरेको छ । संसद विघटन प्रधानमन्त्री केपी ओलीको असंबैधानिक एवम् अलोकतान्त्रिक कदम भएको जनता समाजवादीले बताएको छ ।
समाजवादी पार्टी चितवनले विरेन्द्र क्याम्पसदेखि पुलचोकसम्म विरोध ¥याली निकालेको थियो । ¥यालीमा समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरु सहभागि थिए ।
नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले त्यसको विरोध गरिएको जनता समाजवादी पार्टी चितवनका अध्यक्ष प्रेम भुजेलले बताए । संसद विघटनको प्रतिगामी कदमलाई खारेज गरि संसद पुर्नस्थापना गर्नुपर्ने उनले बताए ।