सुनको मूल्यमा पुनः नयाँ कीर्तिमान, तोलाको ७८ हजार ८ सय पुग्यो

काठमाडौं,११ फागुन। 

सुनको भाउ निरन्तर बढिरहेको छ। आज (आइतबार) सुनको मूल्य बढेर तोलाको ७८ हजार ८ सय पुगेको छ। शुक्रबार ७८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तोलामा ७ सयले बढेर ७८ हजार ८ सय पुगेको हो।

सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ। कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि निरन्तर बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।