गुल्मीमा जीप दुर्घटना हुँदा विद्युत् प्राधिकरणका ७ कर्मचारी घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा विद्युत् प्राधिकरणका ७ कर्मचारी घाइते

गुल्मी,११ फागुन ।

गुल्मीको गुल्मी दरवार गाउँपालिका २ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार तम्घासबाट जुभुङ जादै गरेको लु १ च ६७०१ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको थियो।

दुर्घटनामा नेपाल विद्युत प्राधिकरण गुल्मीमा कार्यरत पदम थापा, गोविन्द रिजाल, लोकबहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवँर र शेरबहादुर सोमै घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते सवैको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। प्राधिकरणको टोली जुहाङ खैरेनीको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतको लागि हिडेको थियो।