पशुपतिबाट बिदा भए शिवरात्रीमा आएका नांगा बाबाहरु

पशुपतिबाट बिदा भए  शिवरात्रीमा  आएका नांगा बाबाहरु

काठमाडौँ,११ फागुन

 महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका जोगीहरुलाई बाटो खर्चसहित बिदा गरिएको छ। पशुपतिनाथमा आएका जोगी, नागा बाबा र अन्य बाबालाई बिदा गरिएको हो। ६ हजार भन्दा बढी बाबाहरूलाई आइतवार बिदा गरिएको हो। पशुपति क्षेत्र विकास कोष र पशुपति गोश्‍वारा गुठी संस्थानले उनीहरुलाई एकसाथ बिदाइ गरेको हो। आइतबार एक कार्यक्रम गरि स्वदेश तथा विदेश बाटका बाबाहरुलाई बिदा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

 

रूद्राक्ष र दक्षिणास्वरूप रकम दिएर बिदा गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए। उनका अनुसार बाबाको वर्गीकरण गरर दक्षिणा दिइएको छ। त्रिलोक तीर्थ शंकराचार्यलाई ७ हजार १ रूपैयाँ र महामण्डलेश्वर किन्‍नर अखडालाई ५ हजार १ दिएर बिदाइ गरिएको छ। बाबाहरूको ग्रेड छुटयाएर दक्षिणा वितरण गरिएको उनले बताए।’क’ वर्गका बाबालाई ९५१, ‘ख’ वर्गलाई ७५१, ‘ग’वर्ग ५५१,’घ’ वर्गका ३५१, ‘ङ’वर्गका २५१ र ‘च’वर्गकालाई १५१ रूपैयाँ दिएर बिदाइ गरिएको छ।