पशुपतिमा बिशेष पुजा स्थगित, एकपटकमा १० जनालाइ मात्र प्रवेश
प्रकाशित मिति: सोमबार, चैत्र १०, २०७६ | ८:४६:१६
काठमाडौं,१० चैत्र ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।
पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा। मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालै पालो प्रवेश गर्न दिने निर्णय गरेको हो।
त्यस्तै विद्युतीय शवदाह गृहमा ७ जना भन्दा बढी मलामीलाई प्रवेश गर्न निषेध गरिएको छ । त्यस्तै गरी पशुपतिनाथको मन्दिरमा गरिने विशेष पूजालाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगत गरिएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १०, २०७६ |
८:४६:१६
749