आजदेखि लामो दूरीका सवारीसाधन संचालन बन्द
काठमाडौँ,१० चैत्र ।
सरकारको पूर्ववत निर्णयले आजदेखि लामो दूरीका सवारीसाधन बन्द भएका छन्। कोरोना संक्रमण ९कोभिड –१९० को जोखिम न्यूनीकरणका लागि सरकारले आजदेखि लामो रुटमा यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो। शुक्रबारको निर्णय अनुसार आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका थिए। आइतबारको निर्णय अनुसार आजदेखि भारतसँगका सीमा नाका पनि बन्द हुँदैछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा उपत्यकाकभित्र भने सार्वजनिक बस सञ्चालन हुनेछन्। उपयत्यकाका तीन जिल्लामा सञ्चालन भइरहेका सार्वजनिक बस सञ्चालनमा रोक लगाइएको छैन।
लामो दूरीका सवारीसाधन सञ्चालन नभएपछि सडक सुनसान देखिएका छन्। निजी सवारीसाधन सञ्चालन भए पनि सार्वजनिक यातायात फाट्टफुट्ट मात्र सञ्चालन भएका छन्।