ब्रेकिङ न्यूजः काठमाडौंमा भेटिए कोरोना संक्रमित, फ्रान्सबाट आएकी किशोरीको टेस्ट पोजेटिभ
प्रकाशित मिति: सोमबार, चैत्र १०, २०७६ | १२:५७:१७
काठमाडौं,१० चैत्र ।
फ्रान्सबाट आएका एक नेपालीमा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
उनको अहिले उपचार भइरहेको छ । फ्रान्सबाट चैत ६ गते आएका उनी होम क्वारेन्टाइनमा बसेका थिए । उनलाई आइतबारदेखि अस्पतालमा राखेर उपचार सुरु गरेर उपचार भइरहेको छ । उनी विद्यार्थी र १९ वर्षकी रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
ती नेपालीको आइतबार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो ।
हालसम्म ६०० मा नमुना परीक्षण गरिएको र सबैमा नेगेटिभ रिपोर्ट देखिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १०, २०७६ |
१२:५७:१७
881