महोत्तरीमा १३ वर्षीय बालकको घाँटी थिचेर हत्या
प्रकाशित मिति: सोमबार, चैत्र १०, २०७६ | १३:००:१९
महोत्तरी,१० चैत्र ।
महोत्तरीको सम्सी गाउँपालिका २ मा एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
सम्सी गाउँपालिका २ पर्सादेवाड गाउँका १३ वर्षीय मजिबुल अंसारीको घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । बालक अंसारीका आफन्तहरुले उनकी भाऊजुले उनको घाँटीमा खुट्टाले थिचेर हत्या गरेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले अंसारीको शव प्रहरीले उनको आफन्तहरुले जातीय संस्कार अनुसार स्थानिय कब्रगाह ९चिहान० मा गाडिरहेको अवस्थामा त्यहाँबाट नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान समेत अगाडि बढाइ सकिएको उनले बताए ।
जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको अंसारीको शवको घाँटीमा दुवैतिर थिचिएको निलडाम समेत देखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १०, २०७६ |
१३:००:१९
661