त्रिशुली गल्छी जलविद्युत् आयोजनाको पिपिए रद्द
प्रकाशित मिति: सोमबार, चैत्र १०, २०७६ | १३:४७:३२
काठमाडौं,१० चैत्र ।
नेपाल विद्युत् प्राधिकरणले ७५ मेगावाट उत्पादन क्षमता बराबरको त्रिशुली गल्छी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) रद्द गरेको छ।
नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी पीपीएमा भएको व्यवस्था बमोजिम आयोजनाको प्रवर्द्धक कम्पनी सिद्धकाली पावरले लगानी जोहो ९वित्तीय व्यवस्थापन० गर्न नसकेको भन्दै सम्झौता खारेज गरिएको जानकारी गराएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्र पनि गत मंसिरमा खारेज गरिसकेको छ । मन्त्रालयले अनुमपति पत्र खारेज गरी आयोजनालाई बास्केटमा राखेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १०, २०७६ |
१३:४७:३२
683