कोरोना कोषमा सांसद यादवले आफ्नो एक महिनाको तलब दिने
प्रकाशित मिति: सोमबार, चैत्र १०, २०७६ | १४:१४:४२
काठमाडौं,चैत्र १० ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले कोरोना संक्रमण न्युनीकरण तथा रोकथामका लागि सरकारले गठन गरेको केन्द्रीय कोरोना कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्।
उनले आफ्नो फेसबुक अकाउन्टमार्फत कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोगस्वरूप सोमबार एक महिनाको तलब दिने घोषणा गरेका हुन्।
“कोरोना संक्रमण रोक्न र नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको केन्द्रीय कोषमा म आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गर्छु । साथै सबै सांसदहरूसित अनुरोध छ कि सरकारले खड़ा गरेको कोरोनाविरुद्ध लड़न केन्द्रीय कोषमा एक–एक महिनाको पारिश्रमिक जम्मा गरौं र विपतविरुद्ध लड्न सरकारको साथमा छौं भन्ने आश्वस्त पारौं,” उनले लेखेका छन्।
उनी समाजवादी पार्टीबाट सांसद् निर्वाचित भएका हुन्।
प्रकाशित मिति : सोमबार, चैत्र १०, २०७६ |
१४:१४:४२
3521