कोरोना कोषमा कृृषि विकास बैंकको १ करोड २५ लाख सहयोग

कोरोना कोषमा कृृषि विकास बैंकको १ करोड २५ लाख सहयोग

काठमाडौ,१० चैत्र ।

कृषि बिकास बैंकले कोराना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ ।

बैंकले आज सोमबार कोभिड–१९ कोरोना नामक भाईरसले आम विश्वसमुदायलाई त्रसित बनाई रहेको यस अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेको विपतको घडीमा कोभिड–१९ कोरोना नामक भाईरस संग सावधानि पूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेण्टाईन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन नेपाल सरकारद्धारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैकले उक्त विपतको कारणबाट विश्वभर ज्यान गुमाउनेहरु प्रति चिर शान्तिको कामना गर्दै, विरामीहरुको शिघ्र स्वास्थ्यको लाभको कामना समेत गरेको छ ।