चितवनको सिमामा कडाई ,बाहिरी जिल्लाबाट आएका बसलाई जिल्ला प्रवेशमा रोक
प्रकाशित मिति: सोमबार, चैत्र १०, २०७६ | १४:३८:४८
चितवन , १० चैत
विश्वभर माहामारीको रुपमा फैलिरहेको (कोभिड १९ ) कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लामो दुरीको यात्रुबाहक बस संचालनमा रोक लगाएको छ । सरकारले आजबाट लामोदुरीको बस संचलनमा रोक लगाएसँगै चितवनमा समेत कडाई गरिएको छ ।
चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरि बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकरी दिए । चितवन प्रवेश गर्ने मुख्य नाकाहरु लोथर , पुलचोक , मुग्लीङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका बसलाई जिल्ला प्रवेशमा रोक लगाइएको र बसहरुलाई फिर्ता पठाइएको छ । चितवनबाट छुट्ने लामो दुरीको तथा बाहिरी जिल्लामा जाने यात्रुबाहक सवारीसाधन संचालनमा समेत रोक लगाइको प्रहरी निरिक्षक भट्टले बताए ।
प्रकाशित मिति : सोमबार, चैत्र १०, २०७६ |
१४:३८:४८
727