देश कोरोना मुक्त नहुँदासम्म ‘आक्रामक कारवाही’ बन्द गर्ने विप्लवको घोषणा
प्रकाशित मिति: सोमबार, चैत्र १०, २०७६ | १६:१७:३९
काठमाडौं, १० चैत ।
विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रामक कारवाहीहरू तत्कालका लागि बन्द गरेको छ ।
पार्टी महासचिव विप्लवले सोमवार विज्ञप्ति जारी गर्दै देश कोरोना भाइरसबाट मुक्त नहुँदासम्मका लागि आक्रामक कारवाहीहरू बन्द गरिएको जानकारी गराएका हुन् ।
आफूहरूमाथि हुने दमनको प्रतिरोध भने जारी रहने विज्ञप्तिमा उल्लेख छ ।
‘कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारवाहीबाहेक अन्य आक्रामक कारवाहीहरू बन्द गरिएको जानकारी आमजनसमुदायमा अवगत गराउँछौं,’ विप्लवद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १०, २०७६ |
१६:१७:३९
771