कोरोना त्रास: चितवनका पत्रिकाहरु चैत २१ गते सम्म वन्द
चितवन,१० चैत ।
विश्वलाई नै टाउको दुखाईको विषय वनेको कोरोना भाईरसको सक्रमणका कारण चितवनको संचार माध्यमलाई समेत परेको छ । चितवनमा कोरोना नभित्रिएपनि यहाँका संचार माध्यमलाई प्रत्यक्ष असर परेको छ । जसका कारण जिल्लाबाट संचालित पत्रपत्रिकाहरु चैत २१ गते सम्म वन्द गरिने भएको छ । भरतपुरमा सोमवार वसेको पत्रिका संचालकहरुको वैठकले यही चैत १२ गतेदेखी २१ गते सम्म वन्द गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ चितवन शाखा उपाध्यक्ष समेत रहेकी शुभेच्छा सन्देश साप्ताहिककी सम्पादक शान्ता अधिकारीले वताईन् ।
चितवनबाट हाल ४ वटा दैनिक पत्रिका प्रकासनमा छ भने १४ वटा साप्ताहिक र एक वटा अर्धसाप्ताहिक पत्रिका प्रकासन भईरहेको छ । कोरोनाका कारण उत्पन्न विषम परिस्थितीले ग्राहकको हातमा पत्रिका पुर्याउन सक्ने स्थिती नरहेको ,वजार पूर्ण रुपमा वन्द रहेको, न्युज प्रिन्टको अभाव रहँदा मुद्रण व्यवसायीले पत्रिका नियमित प्रकासन गर्न नसक्ने जानकारी गराएका कारण नियमित रुपमा पत्रिका प्रकासनमा समस्या भएकाले चैत २१ गते सम्म वन्द गरिएको पत्रिकाका संचालकहरुले सयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । निरन्तर सुचना पाउने आम पाठकको हक कुण्ठित हुन नदिन पत्रिकाको अनलाईन संस्करण भने नियमित रुपमा संचालन हुने विज्ञप्तीमा जनाईएको छ ।