सौराहाका होटल,रेस्टुरेन्ट वन्द, ४ हजार वेड सरकारलाई दिने
चितवन,१० चैत
नेपालको तेश्रो पर्यटकीय नगरी सौराहाका होटल,रेस्टुरेन्ट वन्द गरिएको छ । क्षेत्रीय होटल संघ सौराहा,क्षेत्रीय रेवान सौराहा र रत्ननगर ६ र ७ वडा कार्यालय बीच सोमवार वसेको वैठकमा आगामी चैत २१ गते सम्म यहाँका होटल,रेस्टुरेन्ट,अन्य पसलहरु वन्द गर्ने सहमती भएको हो । सहमती अनुसार सोमवार राप्त १२ वजेखी चैत २१ गते सम्म सौराहा पूर्ण रुपमा ठप्प हुनेछ ।
हाल केही होटलहरुमा वसिरहेका पर्यटकहरुलाई होटल वाहिर ननिस्किन आग्रह गर्ने,सम्वन्धीत होटलले निस्कन नदिने वातावरण वनाउने सहमती भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले वताए । त्यस्तै स्थानीय सरकारको मातहत तथा समन्वयमा आवश्यकीय अवस्थामा यहाँ रहेका होटलका ३ हजार वेड सरकारलाई उपलव्ध गराउने र पूर्वी चितवनका नगरपालिकाहरुलाई मध्यनजर गर्दै एक हजार वेड उपलव्ध गराउने निर्णय भएको होटल संघका अध्यक्ष भट्टराईले वताए ।
सार्वजनिक स्थलहरुमा नियमित रुपमा नगरपालिकाले सरसफाई गर्ने,सवै व्यवसायीले आआफ्नो व्यवसायिक क्षेत्र र वरपरको क्षेत्रमा सावुन पानी,इथालीन अल्कोहलले सरसफाई गर्ने पनि सहमती भएको छ । सहमती पत्रमा क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराई,क्षेत्रीय रेवानका अध्यक्ष दिपेन्द्र खतिवडा र रत्ननगर ६ का वडाध्यक्ष वलराम दाहालले हस्ताक्षर गरेका छन् ।