तिलोत्तमा नगरपालिकामा पनि लकडाउन

तिलोत्तमा नगरपालिकामा पनि लकडाउन

बुटवल,१० चैत्र।

रुपन्देहीका तिलोत्तमा नगरपालिका भित्रका अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द हुने भएका छन् । आज बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया÷खाजा पसल, व्यवसाय, हार्डबेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायमशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमण रोक्न चैत ११ देखि आर्थत भोलिदेखी १७ गतेसम्म नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक सेवामा औषधि, खाद्यन्न, पानी, दुग्ध पदार्थ, दमकल, एम्बुलेन्स, सञ्चार, इन्धन, फोहोरमैला व्यवस्थापनलगायत छन् । त्यस्तै लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर खाने सम्बन्धित वर्गलाई छाक टार्न समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गर्ने जनाएको भने एक महिनाको घर बहाल कर छुट दिने निर्णय पनि गरेको छ । त्यस्तै नगरपालिकामा बुझाउनुपर्ने कर, राजस्व, महशुलमा यो अवधिभर विलम्व शुल्क नलिने निर्णय समेत गरेको नगरपालिका प्रवक्ताले जानकारी दिए ।