लायन्स क्लव नेशनल पार्कले वाड्यो माक्स
चैत १० गते । कोरोना भाईरसको जोखिमका कारण वजारमा माक्सको अभाव भईरहेका वेला लायन्स क्लव अफ चितवन नेशनल पार्कले विभिन्न संघसंस्थालाई ५ सय भन्दा वढि माक्स वितरण गरेको छ । नगर भित्रका सामाजिक संघसंस्थाहरुलाई ५ सय ६७ थान मास्क वितरण गरिएको क्लवका अध्यक्ष निरज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार चेपाङ संरक्षण केन्द्रमा ७५ थान,हरिहर मन्दिर संस्कृत विद्यालयमा ७५ थान,कृष्ण मन्दिर टिकौली वृद्धाश्रमलाई ३० थान,कृष्ण मन्दिर जिरौना वृद्धाश्रमलाई ३० थान,राम मन्दिर जयमंगललाई १३५ थान,असहाय वृद्धाश्रमलाई ५७ थान,सानो घरलाई ७५ थान,झुवानी दृष्टिविहीन विद्यालयलाई ९० थान माक्स वितरण गरिएको हो । ति संस्थाहरुलाई लायन्स फुड ल्याण्डमा माक्स वितरण गरिएको थियो ।
यसैबीच कोरोनाले विश्वमै महामारीको रुप लिईरहेको अवस्थामा नेपालमा देखिएको रगतको अभावलाई पूर्ती गर्न लायन्स क्लव अफ चितवन नेशनल पार्क र लियो क्लव अफ रत्ननगरले सोमवारनै रक्तदान कार्यक्रम गरेका छन् । सो कार्यमा ३६ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष श्रेष्ठले वताए ।