इट्टा भट्टामा पुग्यो खैरहनीको टोली,कामदारको ज्वरो परिक्षण
चैत १० गते । खैरहनी नगरपालिकाले कोरोना भाईरसबाट हुन सक्ने जोखिम न्युनिकरणका लागि ५० शैयाको क्वारेनटाईन निर्माण गरेको छ । खैरहनी डिज्नी पार्क रिसोर्ट र सैनिक आवासीय महाविद्यालयमा क्वारेनटाईन निर्माण गरिएको खैरहनीका मेयर लालमणी चौधरीले जानकारी दिए । डिज्नी पार्क रिसोर्टमा २० शैया र सैनिक महाविद्यालयमा ३० शैयाको क्वारेनटाईन निर्माण गरिएको मेयर चौधरीले वताए ।
संभावित कोरोनाबाट सक्रमितलाई उपचार पद्धतीमा सहजताका लागि नगरले ति दुई संस्थासंग सहकार्य गरेर क्वारेनटाईन वनाएको हो । सुरक्षाको हिवासले ति दुई स्थान उपयुक्त छ मेयर चौधरीले भने – संभावित जोखिम न्युनिकरणमा नगरले क्वारेनटाईन वनाएको हो । कोरोनाको जोखिम न्युनिकरणका लागि नगरपालिकाले स्वास्थ्य संस्थामा अत्यावश्यक वाहेकका सेवा वन्द गरिसकेको छ । यसैबीच खैरहनी नगरपालिकाले नगर भित्र रहेका इट्टा उद्योगका कामदारहरुको स्वास्थ्य परिक्षण गरि परामर्श समेत दिएको छ । केही कामदारमा ज्वरो आएको जानकारी पश्चात नगरबाट टोली इट्टा उद्योगमा पुगेको थियो । परिक्षण गर्दा कुनै पनि कामदारलाई ९८ डिग्री भन्दा माथी ज्वरो आएको फेला परेन । यहाँका इट्टा उद्योगमा भारतीय नागरीकले काम गर्दै आएका छन् । केही कामदार हालै यहाँ आएकाले कोरोनाको जोखिम हुन सक्ने भएकाले इट्टा उद्योगमा ज्वरो परिक्षण गरिएको खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले वताए । ज्वरो परिक्षणसंगै कोरोनाबाट वच्ने उपायका बारे त्यहाँका कामदारलाई परामर्श दिईएको पनि प्रवक्ता पाण्डेले वताए । ज्वरो परिक्षण र परामर्शका लागि खैरहनी नगरपालिका सामाजिक विकास समिति संयोजक मनेजर महतो,खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी,स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्मा इट्टा उद्योगहरुमा पुगेका थिए । कोरोनाबाट वच्ने उपायका लागि नगरपालिकाले विभिन्न माध्यमबाट टोल टोलमा पुगेर प्रचार प्रसार समेत सुरु गरेको छ । सोमवारनै नगरपालिकाले संभावित कोरोनाको जोमिखका बारे उद्योग बाणिज्य संघ खैरहनी,चितवन उद्योग संघ खैरहनी इकाई,खैरहनी चेम्वर अफ कमर्स,इलाका प्रहरी कार्यालय खैरहनीसंग छलफल तथा सुझाव लिएको छ । छलफलमा वजारको भीडभाड कम गर्न वजार वन्द गर्न सक्ने विषयमा समेत छलफल भएपनि निर्णय भने भएको छैन् ।
कोरोनाको जोखिम न्युनिकरणका लागि खैरहनीका चार ठाउँमा सोमवारनै हात धुनका लागि ट्यांकीमा पानी र सावुन पानीको व्यवस्था मिलाएको छ । खैरहनीको चौविसकोठी,मगनी चोक,चैनपुर चोक र पुरानो पर्सा चोकमा ट्यांकीमा पानी र सावुनको व्यवस्था मिलाएको हो ।