आज वैशाख ११ अर्थात् लोकतन्त्र दिवस, लकडाउनका कारण छैनन् कुनै कार्यक्रम

आज वैशाख ११ अर्थात् लोकतन्त्र दिवस, लकडाउनका कारण छैनन् कुनै कार्यक्रम

काठमाडौं,११ वैशाख ।

लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज बिहीबार १४ औं लोकतन्त्र दिवस मनाइँदैछ । । कोरोनाभाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको महत्व छ ।

२०६३ वैशाख ११ गते आन्दोलनका बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनःस्थापना गरेसँगै लोकतन्त्र आएको स्मरणमा यो दिवस मनाउने गरिएको हो । त्यसबेला १९ दिनसम्म आन्दोलन भएको थियो । सोही आन्दोलनका बलमा लोकतन्त्र पुनःस्थापना भएको थियो ।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनपछि २०६३ सालमा वैशाख ११ गते संसद पुनःस्थापना भएको थियो । लोकतन्त्र स्थापना भएपछि त्यसैवर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहितका घोषणा गरेको थियो । सोही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन भएको थियो । संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।