समाजवादी पार्टी फुट्नबाट जोगियो: सांसद् यादव

समाजवादी पार्टी फुट्नबाट जोगियो: सांसद् यादव

जनकपुर,११ वैशाख

समाजवादी पार्टीमा फुटको खतरा तत्कालको लागि टरेको छ। समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य तथा निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादवले आफ्नै पहलले पार्टी फुट्नबाट जोगिएको दावी गरेका छन्।

उनले प्रधानमन्त्री निकतस्थबाट आफूलाई मन्त्री र अन्य साथीहरुलाई आर्थिक प्रलोभनमा पारिएको पनि प्रस्ट पारे।

उनले आफूलाई प्रधानमन्त्रीले काठमाडौँ बोलाएको खबर आएपछि त्यसबारे पार्टीका दुई अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई यसबारे जानकारी दिएको बताए।

‘पार्टी फुटाउनकै लागि प्रधानमन्त्रीका तर्फबाट मलाई काठमाडौँ बोलाइएको थियो। तर मैले बाटोबाट नै पार्टी अध्यक्षद्वय डा। बाबुराम भट्टराई र उपेन्द्र यादवलाई फोन गरेर यस विषयमा जानकारी गराएको थिएँ’, सांसद यादवले नेपालखबरसँग कुरा गर्दै भने, ‘मलाई मन्त्री बनाउनेसहित विभिन्न प्रकारका प्रलोभन प्रधामन्त्री निकटबाट पाए। कही सांसादहरुलाई आर्थिक प्रलोभन दिएको पनि कुरा सुने। तर, म कुनै प्रलोभनमा नपरी पार्टीलाई फुटाउनु छाडेर बचाउने प्रयासमा लागेँ। अन्ततः पार्टी जोगियो।’

यससँगै प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टीलाई फुटाउने दाउ असफल भएको हो। समाजवादी फुटाउन सरकारले षड्यन्त्र गरेको सुइको पाएपछि पार्टी नेतृत्वले बुधबार राति नै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग एकता गरेको छ।

समाजवादी पार्टी र राजपा नेपाल एकीकरण भई जनता समाजवादी पार्टी नेपाल गठन भई बुधबार नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदनसमेत दर्ता भएको छ।

यससंगै ७÷८ जना सांसदसहित समाजवादी पार्टी फुटाएर नयाँ पार्टी बनाउने योजनामा रहेकी वरिष्ट उपाध्यक्ष रेणु यादवसहितको प्रयास असफल भएको पार्टीका एक सांसदले दावी गरे।

पार्टी फुटाउने उद्देश्यसहित प्रधानमन्त्री ओलीको प्रयासमा बुधबार समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य तथा निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा। सुरेन्द्र यादवलाई प्रहरी तथा नेकपाका केही नेताको सहयोगमा काठमाडौं पुर्याइएको थियो। तर आफ्नै सकतर्कता र समन्वयले समाजवादी पार्टी फुट्नबाट जोगिएको सांसद यादवले दावी गरे।

सांसद यादवले आफ्ने निजी गाडीमै मोबाइल छुटेको र अर्को गाडीमा आफूलाई बस्नु परेको कारण मोबाइल स्वीच अफ भएकोले अपहरणको हल्ला फैलिएको बताए। उनले आफूलाई कसैले पनि अपहरण नगरेकोसमेत दावी गरे।

अब समाजवादी पार्टी कुनै पनि हालतमा नफुट्ने यादवको दावी छ।