नेपालमा थप २ जनामा कोरोना संक्रमण, ४७ पुगे संक्रमित

नेपालमा थप २ जनामा कोरोना संक्रमण, ४७ पुगे संक्रमित

काठमाडौं,११ वैशाख ।

नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

बिहीबार उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीया बालकमा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।

संक्रमितमध्ये नौं जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्। बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।