युवाहरु सम्मिलित कृषक समूह गठन

चितवन, ९ पुष ।
खैरहनिका जुझारु युवा कृषकहरुले स्वर्णिम एकीकृत कृषक समूह गठन गरेका छन् । बिहिवार भएको भेलाले केरा कृषक ऋषिराम गुरुङको अध्यक्षतामा ११ सदस्यीय समूह गठन गरेको हो ।

जसको उपाध्यक्षमा शिवकान्त न्यौपाने, सचिवमा अनिल कुंवर, कोषाध्यक्षमा विद्या घिमिरे चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा हरिकुमार पाठक, अर्जुन चौधरी, कपिल ढकाल, रामबहादुर गुरुङ, श्रीराम लामा, सुजन सापकोटा र अबिनाश राउत रहेका छन् ।

भेलाले समुहको कार्यालय खैरहनी ८ मा राख्ने निर्णय पनि गरेको नव गठित समुहका सचिव अनिल कुंवरले जानकारी दिए । चितवन केरा उत्पादक संघका महासचिव बेदप्रसाद भट्टराईको विशेष उपस्थितिमा युवा कृषकहरुको भेला भएको थियो ।