उद्योग बाणिज्य महासंघमा चितवनका बिसुराल र श्रेष्ठको दावी

चितवन, पुुुष ९ ।
नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको पदाधिकारीमा चितवनबाट दुई जनाले दावी गरेका छन् । महासंघ बागमती प्रदेशको अधिबेशन पर्सि शनिबार काठमाडौमा हुदैछ । आगामी कार्यसमितिको उपाध्यक्षमा ज्ञानबहादुर बिसुराल र कोषाध्यक्षमा गुणराज श्रेष्ठले दावी गरेका हुन । रत्ननगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका बिसुराल महासंघको बर्तमान कोषाध्यक्ष हुन भने उद्योग बाणिज्य संघ खैरहनिको निवर्तमान अध्यक्ष रहेका श्रेष्ठ महासंघका सदस्य हुन । उनिहरुलाइ सम्बन्धित संघले उक्त पदका लागि सिफारिस गरेका छन् । महासंघको बिधानमा उम्मेदवार हुन सम्बन्धित संघले सिफारिस गर्नु पर्ने प्रावधान छ । चितवनबाट दावी पेश गरेका बिसुराल र श्रेष्ठले सम्बन्धित संघको कार्यकाल सफल रुपमा सम्पन्न गरेका थिए । महासंघमा अध्यक्ष ,उपाध्यक्ष ,एसोसिएट उपाध्यक्ष ,कोषाध्यक्ष र सदस्य गरि १३ सदस्यीय समिती चयन हुनेछ । १३ सदस्यीय मध्य ४ जना मनोनीत हुनेछन् । अधिबेशनमा बागमती प्रदेशका २० वटा उद्योग बाणिज्य संघ,११ एसोसिएट र ४ बस्तुगतका प्रतिनिधि गरि ३५ जनाले मताधिकार प्रयोग गर्नेछन् ।