गृहमन्त्री थापा भन्छन् – गोन्द्राङ ढाँट जिरो पोईन्टमा सर्छ

गृहमन्त्री थापा भन्छन् – गोन्द्राङ ढाँट जिरो पोईन्टमा सर्छ

फागुन १२ गते । गृहमन्त्री रामवहादुर थापा वादलले चितवनको गोन्द्राङमा रहेको सडक संकलन दस्तुर केन्द्र ( ढाँट ) हट्ने वताएका छन् । रत्ननगर उद्योग बाणिज्य संघ र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सोमवार विहान आयोजना गरेको पाँच दिने तालिमको उद्घाटन गर्दै गृहमन्त्री थापाले ढाँट हटाउन प्रक्रिया सुरु भईसकेको वताए । संभवत चितवनबाटै ढाँट हट्छ,नभएर जिरो पोईन्टमा सारिन्छ गृहमन्त्री थापाले भने – त्यसका लागि प्रक्रिया सुरु भईसकेको छ । गोन्द्राङ ढाँट हटाउन सफल हुने भन्दै पूर्वी चितवनवासीहरुलाई ढुक्क हुन उनले आग्रह गरे । फरक प्रसंगमा गृहमन्त्री थापाले उत्पादनलाई वढाउँदै वजारीकरण,दक्ष जनशक्ती उत्पादन,समय सापेक्ष निति परिवर्तन गर्न सके देशले लिएको समृद्धीको नारा पुरा हुने विश्वास व्यक्त गरे । तालिम उद्घाटन कार्यक्रममा सरोकारवालाहरुले गोन्द्राङको ढाँट हटाउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । वागतमी प्रदेश साँसद कृष्ण प्रसाद खनाल,रत्ननगरका मेयर नारायण वन,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले चितवनलाई विभाजन गर्ने गरी गोन्द्राङमा ढाँट रहेको भन्दै तत्काल हटाउनु पर्ने वताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकरी निर्देशक शरद विक्रम राणाले स्थानीयस्तरमा उत्पादित भएका वस्तुलाई अन्तराष्ट्रियस्तरमा सम्म वजारीकरण गर्न सक्ने विषयमा तालिममा सहजीकरण हुने वताए ।