भारतमा पुगे ट्रम्प ,मोदीले गरे स्वागत

भारतमा पुगे ट्रम्प ,मोदीले गरे स्वागत

काठमाडौँ,१२ फागुन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिने भ्रमणका क्रममा भारत आइपुगेका छन् ।

अहमदावाद स्थित विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोडेर ट्रम्पको स्वागत गरेका छन् ।

ट्रम्पसँगै उनकी पत्नी मेलानिया ट्रम्प, उन्क्की छोरी इवांका ट्रम्प पनि यस भ्रमणमा भारत आएका छन् ।

ट्रम्पले आज अहमदावादमा २२ किमीको रोड शो गर्ने र विश्वकै ठुलो क्रिकेट स्टेडियम मोटेरा स्टेडियममा भारतीय प्रधानमन्त्रीसँग सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ट्रम्पको सम्मानमा अहमदावादमा ुनमस्ते ट्रम्पु कार्यक्रम आयोजना गरिने भएको छ । यस कार्यक्रम अन्तर्गत करिब एक लाख मानिसहरुलाई मोदी र ट्रम्पले सम्बोधन गर्ने बताइएको छ ।

ट्रम्प आजै आगरामा अवस्थित ताजमहलमा जाने छन् । करिब ४५ मिनेट ताजमहलमा बसेर ट्रम्प आजै नयाँ दिल्ली फर्किने तालिका रहेको छ ।

पछिल्लो समय कश्मिर विवाद बढेपछि ट्रम्पले भारत र पाकिस्तानबीच मध्यस्तताको प्रस्ताव गरेका थिए । ट्रम्पको यस भ्रमणलाई यसै बर्ष नोभेम्बरमा हुने अमेरिकी निर्वाचनसँग पनि जोडिएको छ । अमेरिकी मिडियाले अमेरिकामा रहेका भारतीय मुलका मतदातालाई रिझाउने प्रयास भएको भन्दै आलोचना गरेका छन् ।

भारत आउनु अघि ट्रम्पले ट्वीट गर्दै भारतका कैयौ साथीहरुसँग भेटन आफु आतुर रहेको उल्लेख गरेका छन् । ट्रम्पले भारत भ्रमणको पुर्वसन्ध्यामा उनका एक भारतीय फ्यानले बाहुबलीमाथि बनाएको ट्रम्पको भिडियो समेत रि(ट्वीट गरेका छन् ।

सो भिडियोमा ट्रम्प बाहुबली जस्तै लडेर आम मानिसलाई सहयोग गरिरहेको देखाइएको छ ।

ट्रम्प मंगलबार नै स्वदेश फर्किने छन् ।