नायिका आँचलको चितवनका डा.उदीप श्रेष्ठ संग आज विवाह हुँदै

नायिका आँचलको चितवनका डा.उदीप श्रेष्ठ संग आज विवाह हुँदै

काठमाडौं ,१२ फागुन ।

पछिल्लो समयकी चर्चित नायिका आँचल दवाडी शर्माको सोमबार चितवन निवासी डा.उदीप श्रेष्ठसँग विवाह हुँदैछ ।

सोमबार साँझ काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा वैवाहिक समारोह आयोजना गरिँदैछ । वैवाहिक समारोहमा बेहुला र बेहुली पक्षका नजिकका आफन्तलाई आमन्त्रण गरिएको छ ।

आँचल र उदीप केही समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।