कोरोना भाइरसको असर : तोलाको ८० हजार ३०० पुग्यो

कोरोना भाइरसको असर : तोलाको ८० हजार ३०० पुग्यो

काठमाडौं,१२ फागुन।

चीनमा कोरोना भाइरसले आतंक मच्चाएपछि नेपालमा सुनको मूल्य आकासिने क्रम जारी छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेर प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार कोराना भाइरसका कारण अन्तराष्ट्रिय बजारमा नै आर्थिक गतिविधि प्रभावित भएको बताए।

उनले भने ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औस १६ सय ६७ अमेरिकी डलरसम्म पुगेको छ। १ औस बराबर २८ दशमलव ३४९५ ग्राम हुन्छ।। अन्तराष्ट्रियस्तरमा बढेकाले नै नेपालमा पनि बढेको हो।’

उनले काराना भाइरसले अन्तराष्ट्रियस्तरमा नै आर्थिक क्रियाकलाप अगाडी बढ्न नसकेको जिकिर गरेका छन्। कोरोना भाइरस नघटेसम्म सुनको मूल्य वृद्धिमा कमी नआउने उनको भनाइ छ।

‘कोरोना भाइरस मात्र कारण नभएर अहिले शक्तिशाली मुलुकहरु इरान र अमेरिकाबीचको द्वन्द्व र अर्कोतर्फ चीन र अमेरिकाको व्यापार युद्धमा पनि कुनै कमि आउने संकेत देखिएको छैन। र पहिले पनि शक्तिशाली मुलुको युद्धका कारण सुनको मूल्य बढिरहेको थियो, उनले भने।’

शाक्यका अनुसार नेपाली बजारमा अहिले दैनिक २५ केजीको हाराहारीमा सुनको माग छ। ‘अहिले बिहे, ब्रतबन्धनको सिजनका कारणले पनि अहिले सुनको माग बढेको छ।’ भएको उनले भने, ‘यसरी मुल्य बढिरहे र भाउ नघटे अप सिजनका समयमा सुनको माग कम हुनसक्छ।’

सोमबार छापावाला सुनको मूल्य तोलामा ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य तोलामा ८० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य तोलामा नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।