दाङमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

दाङ,१२ फागुन।

दाङमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

लमही नगरपालिका-६ कुलमोढ नजिक रा ३ प ५७११ नम्बर को मोटर साइकल दुर्घटना हुदा तुलसीपुर उपमहानगरपालिका–१६ का कृष्ण बहादुर डाँगीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

मृतकलाई नाक, मुखमा गम्भीर चोट लागेको छ। घाइतेको लमही फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।