चितवनको भरतपुरमा अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी हुने

चितवनको भरतपुरमा अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी हुने

फागुन १२ गते । नेपालमै पहिलो पटक ठुलो र वृहत नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी चितवनको भरतपुरमा हुदैछ । नेपाल पोल्ट्री महासंघको आायोजना तथा मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स ट्रेड एण्ड एभेण्ट प्रालिको सहकार्यमा प्रर्दशनी हुन लागेको हो । महासंघले सोमवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो प्रर्दशनी नेपालकै ठुलो र वृहत रहेको जनाएको छ । नेपालको पोल्ट्री क्षेत्रको सृदृढीकरण र व्यवसायिकरण गर्ने उदेश्यले प्रर्दशनी आयोजना गर्न लागिएको नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज श्रेष्ठले वताए । प्रर्दशनीबाट आधुनिक यन्त्र,अत्याधुनिक प्रविधि,गुणस्तरीय औषधी,डेरी उद्योग, पोल्ट्री उद्योग,ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतलाई अन्र्तराष्ट्रियस्तरमा चिनाउन मद्यत पुग्ने विश्वास लिईएको छ । साथै अन्य विकसित देशमा भईरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउन यो प्रर्दशनीले महत्वपूर्ण वातावरण वनाउने महासचिव श्रेष्ठको दावी छ । प्रर्दशनीमा २ सय भन्दा वढि स्वदेशी तथा विदेशी प्रर्दशकहरुका प्रविधिहरु प्रर्दशनीमा राखिनेछ । भरतपुर स्थित अन्र्तराष्ट्रिय एक्स्पो सेन्टरमा हुने प्रर्दशनीमा नेपालसहित भारत,जर्मनी,वेल्जियम,नेदरल्याण्ड,चीन,अमेरिका,टर्की,सिंगापुर,ताईवान,इटली,वंगलादेश लगायत अन्य देशका पोल्ट्री कम्पनीहरुको सहभगाीता रहने नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले वताए । उनका अनुसार अग्रेजी वर्षलाई आधार मानेर जोर वर्षको प्रत्येक दुई वर्षमा प्रर्दशनी आयोजना गरिने पनि उनले वताए । साथै प्रर्दशनीमा विभिन्न संघसंस्थाको सहभागीतामा ४ दिने पोल्ट्री सम्वन्धी गोष्ठी,वैठक,अन्र्तक्रिया कार्यक्रम समेत हुनेछ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्टले पोल्ट्रीको करिव ६० प्रतिशत चितवन र छिमेकी जिल्लाबाट हिस्सा ओगटेको जानकारी दिए । पोल्ट्री क्षेत्र वाहिर हल्ला आएजस्तो घाटानै रही नरहने भन्दै उनले पछिल्ला वर्षहरुमा ह्याचरी उद्योग लगायत पोल्ट्रीजन्य क्षेत्रको विकास भईरहेको वताए ।