राप्तीमा आइपिएम तालिम सुरु

राप्तीमा आइपिएम तालिम सुरु

चितवन , १२ फागुन

पूर्वीचितवनको राप्ती नगरपालिका डढुवामा आइपिएम तालिम सुरु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ४ मा एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) तलिम सोमबारबाट सुरु भएको हो । २० हप्तामा सम्म चल्ने तालिममा बिषादी न्यूनिकरण , जैविक बिषदी निर्माण गर्न , शत्रुजिव र मित्रजिवको जानकारी , बिषादीले पार्ने असर लगायतको बिषयमा धर्मराज कंडेल , मानकुमार चौधरीले प्रशिक्षण दिने छन् ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवंम् राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाईले बिषादीको प्रयोग बढेकोले त्यसको न्यूनिकरणमा राज्य लागिरहेको बताए । नगरपालिकाले समेत बिषादी न्यूनिकरण गर्न लागिरहेकोले त्यसमा कृषकहरुको साथ आवश्यक रहेको बताए । शिवपुरी आइपिएम कृषक पाठशालाको आयोजना तथा राप्ती नगरपालिका वडा नम्बर ४ को कार्यालयको सहयोगमा सुरु भएको तालिममा ३० जना सहभागी रहेका छन् । शिवपुरी आइपिएम कृषक पाठशालाका अध्यक्ष विमलराज पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सविता लम्सालले स्वागत मन्तव्य राखेकी थिइन् ।