चितवनमा लक डाउनमा कडाई , उलंघन गर्ने २५ वटा सवारीसाधन प्रहरी नियन्त्रणमा

चितवनमा लक डाउनमा कडाई , उलंघन  गर्ने २५ वटा सवारीसाधन प्रहरी नियन्त्रणमा

चितवन , ११ चैत।
सरकारले मंलबार बिहान ६ बजेबाट देशभर लकडाउन गर्ने निर्णय गरेसँगै चितवनमा कडाई गरिएको छ । अत्यावश्यक काम औषधी , खाद्यान्न लिन बाहेकको अनावश्यक कामको लागि सडकमा ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

लक डाउनको उलंघन गर्दै अनावश्यक रुपमा निस्किएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै २५ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर क्षेत्रबाट १० वटा र टाँडी क्षेत्रबाट १५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चितवनमा छिटफुट रुपमा खाद्यान्नका पसल , तरकारी पसल , दुध डेरी र औषधी पसल बाहेक अन्य बजार बन्द रहेको छ । त्यस्तै लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छैनन् ।