
चितवन , ११ चैत।
चितवनको भरतपुर स्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका एक विरामीको मृत्यु भएको छ । कोरोनाको आशंकामा अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका एक विरामीको मृत्यु भएको स्रोतले जानकारी दिएको छ ।
उनको मृत्यु के कारणले भयो भन्ने बारे एकिन भएको छैन । उनको स्वाब परिक्षणको लागि काठमाडौँ पठाइएको तर रिर्पोट भने आएको छैन ।