कोरोना कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ सहयोग

कोरोना कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ सहयोग

काठमाडौं,११ चैत्र ।

सरकारले घोषणा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ५० लाख रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत् पार्टीका तर्फबाट ५० लाख दिने घोषणा गरेका हुन् । यसले कांग्रेसका सांसदहरुले एक महिनाको तलब योगदान गर्ने घोषणा गरेका थिए ।

उनले ट्विटरमा लेखेका छन्, ूकोरोना भाइरसको जोखिमको सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट ५० लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउँछु । संघीय सांसदहरुले एक महिनाको तलब अगल दिने निर्णय यस अघि भइसकेको छ ।ू

नेपाल सरकारले यसअघि कोरोना रोकथाम तथा नियन्त्रण कोष स्थापना गर्ने घोषणा गरेको थियो । जसमा नेपाल सरकारले ५० करोड जम्मा गर्ने र सरकारी कर्मचारीको एक महिनाको तलब काटेर जम्मा गरिने घोषणा गरेको थियो ।

यसमा विभिन्‍न संघसंस्थाहरुले योगदान गर्ने क्रम जारी छ ।