इन्डोनेसियामा एकै दिन १०७ कोरोना संक्रमित, ७ जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, चैत्र ११, २०७६ | १५:३५:२७
जाकर्ता,११ चैत्र ।
इन्डोनेसियामा एकै दिन कोरोना भाईरसका १०७ जना नयाँ संक्रमित फेला परेका छन् भने ७ जनाको मृत्यु भएको छ । यो इन्डोनेसियामा अहिलेसम्मकै ठूलो संख्याको वृद्धि हो ।
दक्षिणपूर्वी मुलुक इन्डोनेसियामा हालसम्म ६८६ संक्रमित र ५५ जनाको मृत्यु भएको इन्डोनेसियाका स्वास्थ्य मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । इन्डोनेसियामा हालसम्म ३० जनाको उपचारपछि घर फर्काइएको बताइएको छ । – रोयटर्स
प्रकाशित मिति : मंगलबार, चैत्र ११, २०७६ |
१५:३५:२७
1497