कोरोनाको संक्रमण बढेको बढ्यै,विश्वभर साढे १६ हजारको मृत्यु,तीन लाख ८२ हजार ८१६ संक्रमित

कोरोनाको संक्रमण बढेको बढ्यै,विश्वभर साढे १६ हजारको मृत्यु,तीन लाख ८२ हजार ८१६  संक्रमित

काठमाडौं, चैत ११ ।

विश्वभर महारामारीको रुपमा फैलिरहेको नोभल कोरोनाभाइरस (कोभिड–१९) का कारण १९२ राष्ट्र प्रभावित भएका छन् ।

विश्वभर १६ हजार ५७८ जनाको मृत्यु भएको छ । तीन लाख ८२ हजार ८१६ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार एक लाख दुई हजार ५२२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

इटालीमा सबैभन्दा धेरैको मृत्यु

चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ ।

सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ७७ जना पुगेको छ ।

इरान

इरानमा एक हजार ८१२ व्यक्तिको मृत्यु भइसकेको छ भने २३ हजार ४९ जना संक्रमित छन् ।

स्पेन

स्पेनमा दुई हजार ३१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३५ हजार २१२ पुगेको छ ।

जर्मनी

जर्मनीमा १२३ जनाको मृत्यु भएको छ भने २९ हजार ५६ जना संक्रमित छन् ।

अमेरिका

अमेरिकामा ५८२ जनाको मृत्यु भएको छ भने ४६ हजार १४५ जना संक्रमित छन् ।

फ्रान्स

फ्रान्समा ८६० जनाको मृत्यु भएको छ । १९ हजार ८८६ संक्रमित छन् ।

दक्षिण कोरिया

दक्षिण कोरियामा कोरोनाका कारण १११ जनाको मृत्यु भएको छ भने ९ हजार ३७ संक्रमित छन् ।

भारत

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० र संक्रमितको संख्या ५११ पुगेको छ ।

पाकिस्तान

पाकिस्तानमा ६ जनाको मृत्यु र ८९२ जना संक्रमित भएका छन् । – एजेन्सी