चितवनमा लकडाउन उलंघन गर्ने ७ जनालाई पक्राउ गरि कारबाही
प्रकाशित मिति: मंगलबार, चैत्र ११, २०७६ | १८:१९:०४
चितवन , ११ चैत।
विश्वभरी फैलिरहेको (कोभिड १९) कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लक डाउन गर्ने निर्णयको उलंघन गर्ने ७ जनालाई कारबाही गरिएको छ । चितवनमा लकडाउन उलंघन गर्ने सातजनालाई पक्राउ गरि स्थानिय प्रशाासन ऐन २०२८ बमोजिम कारबाही गरिएको हो ।
पक्राउ परेकाहरुलाई जनही एक हजार जरिवाना गराई छोडिएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । पहिलो पटक भएकाले एक हजार जरिवाना र सम्झाई बुझाई छोडिएको र भोलीबाट थप कडाइ र कडा कारबाही गरिने शर्माले बताए । उनले अनावश्यक रुपमा घर बाहिर ननिस्कन र पाँस विनाको सवारीसाधन संचालन नगर्न अनुरोध समेत गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, चैत्र ११, २०७६ |
१८:१९:०४
1013