भारतमा आज रातिदेखी तिनसाता लकडाउन
प्रकाशित मिति: मंगलबार, चैत्र ११, २०७६ | २१:०५:०३
काठमाडौँ , ११ चैत ।
कोभिड १९ (कोरोना भाइरस)को संक्रमण रोक्न भारतमा तिनसाता लकडाउन हुने भएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै २१ दिनसम्म देशभरि लकडाउन गर्ने घोषणा गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण चक्र तोड्न २१ दिन आवश्यक रहेकोले सरकारको निर्णयलाई सहयोग गर्न उनले जनतलाई आग्रह गरेका छन् । राति १२ बजेबाट देशभर लकडाउन हुने मोदीले जानकारी दिए । उनले लकडाउन कोहिपनि घरबाट बाहिर निस्कन नपाउने प्रष्ट पारेका छन् ।
प्रकाशित मिति : मंगलबार, चैत्र ११, २०७६ |
२१:०५:०३
837